दफा ४७
असमर्थ कर्मचारीलाई अवकाश दिने सम्बन्धी विशेष व्यवस्था
कुनै कर्मचारी शारिरिक वा मानसिक रोगको कारणबाट नियमित रुपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भएमा समितिले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ ।